Tuesday, December 18, 2018

कृषि तथा आर्थिक बिकास परियोजना ले बढायो आम्दानि र उत्पादन

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्ला ले वर्ल्ड भिजन इन्टर्नेशनल संगको साझेदारीमा कृषि तथा आर्थिक बिकास परियोजना ले बढायो आम्दानि र उत्पादनले जुम्ला का किसानको आम्दानीमा बृद्दी गरि जिबन शैली नै परिवर्तन गरेको छ। हिउदको जाडो महिनामा सल्लाको पात बाहेक कुनै पनि हरियो बस्तु नदेखिने ठाउमा ग्रीनहाउसमा तरकारी र साग उतपादन गर्नका लागि कार्यक्रमले  सामग्री सहयोगका साथै तालिम प्रदान गर्ने अनि अन्य प्राबिधिक सहयोग र सहजीकरण गर्ने गरेको छ।   कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्ला ले वर्ल्ड भिजन इन्टर्नेशनल को यो परियोजना समुदाय र यहाका उत्पादकका लागि ढुकढुकी नै बन्न सफल भएको छ। परियोजनाको मुक्त कण्ठले प्रसंसा  हुन थालेको छ। बिशेष गरि जुम्लाको साबिकको पट्मारा गाबिसको घोडासिनमा यसको राम्रो उपलब्धि देखन पाइन्छ  ।अहिले महिनामा कम्तिमा पनि ५००० जति आम्दानि साग बेचेर मात्र हुने  यहाकी अगुवा उत्पादक चुक्की महतारा ले  भयो ।  अझै यो कार्यक्रमले  आम्दानी तथा उत्पादन र गुणस्तर बृद्दीका लागि गर्ने बिस्वासका साथ् यहाका महिलाहरू उत्साहित रहेकको उहाले बताउनु भयो ।  


Sunday, September 9, 2018

http://www.nayapatrikadaily.com/2018/09/07/91764/ ( New published by Nayapatrika.com




जुम्लामा किसानलाई अनुदानमा कृषि औजार






मानदत्त रावल
जुम्ला | 
 Share
 Tweet
 Share



तिला गाउँपालिकाको किसानलाई कृषि औजार अनुदानमा वितरण गरिएको छ ।  गैरसरकारी संस्था कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) गाउँपालिकाको६, ७, ८ र ९ वडाका तीन सय १४ जना कृषकहरुलाई ३० लाख बराबरको औजार वितरण गरेको हो ।
गाउँपालिकाको कृषि सम्भवनालाई अवसरमा बदल्नका लागि यहाँको स्थानीय सरकारले विशेष योजना अघि सारेको गाउँपालिका प्रमुख रतननाथ योगीले बताए । किसानलाई कृषि औजार वितरण गर्दै उनले भने, ‘कास्डाले पुलको भुमिका खेलेको छ ।’ कृषि उत्पादन बृद्धि देखि बजारीरकणसम्म स्थानीय सरकारको सहयोग तथा भुमिका रहने उनको भनाई छ ।
‘स्याउ, सिमि र आलु उत्पादन बृद्धिका लागि, आरी, पानी जम्मा गर्न तथा जैविक विषाधि बनाउने ड्म, स्प्रे, चना काट्ने मेसिन, डिजिटल तराजु, पाईप, सिग्नेचर, पाल, आरा, लगायत विभिन्न १० देखि १५ प्रकारका कृषि औजार अनुदानमा वितरण गरिएको हो कार्यक्रम संयोजक भेषबहादुर रावलले बताए ।

Saturday, May 26, 2018

र्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्ला अब रुपान्तरणकारी बचतको पाइला चाल्दै



कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले  अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ |

१० जेष्ठ २०७५, बिहीबार १३:२१
जुम्ला ः एक प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी सहजकर्ताहरुले रुपान्तरणकारी बचत अहिलेको आवश्यकता भएको औल्याएका छन् । अहिलेको बर्तामान समयमा थुरै समुह सहकारीले आफ्ना कार्यक्रमहरु बचतबाटै सुरु गर्ने गरेका छन् तर तिनै बचत कार्यक्रमहरु व्यवस्थित नभएको सहजकर्ता अर्थात सहभागी कृष्ण न्यौपाने बताए । उनले भने यस रुपान्तरणकारी बचत प्रशिक्षक प्रशिक्षण कार्यक्रम नयाँ आयाम थपेको छ अझै बचतका विषयमा थप प्रष्ट भएको छ ।
त्यसैगरी सहजकर्ता राजपुरा नेपालीले बचत हरेक व्यक्तिको सारथी भएको बताईन् । उनले हरेक व्यक्तिले बचत के हो र बुझ्नुका साथै सवैले बचत गर्न आवश्यक रहेको छ । रुपान्तरणकारी बचत अहिले एक प्रष्कृतका रुपमा बुझिएको छ यसलाई हरेक व्यक्ति समुह माझ लैजान आवश्यक रहेको छ ।
रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम समापनका सभाध्यक्ष तथा कर्णाली दिगो विकास प्रतिष्ठान(कास्डा) जुम्लाका अध्यक्ष डा.कलबहादुर रोकायले रुपान्तकारी बचत पहिले हुदै आएका जो गर्दै आएका बचत भन्दा फरक रहेको बताए । उनले भने यसलाई सवैले बुझ्न र सोही अनुसार कार्यन्वयनमा ल्याउने आवश्यक रहेको छ । यस प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी सहजकर्ताहरुले धेरै कुरा बुझ्नु भएको होला सवैलाई आआफ्नो क्षेत्रमा कार्यन्वयनमा ल्याउनु पर्दछ ।
वल्र्डभिजन इन्टरनेशनल नेपालका कृषि तथा आर्थिक विशेषज्ञ कृष्ण तिरवारीले विगत लामो समय देखि जुम्लामा काम गर्दै आईरहेको बताए । उनले भने यहाँका समुदाय अर्थात समाजको जिवनस्तर सुधारका लागि काम गर्दै आईरहेको छ । जुम्लाका पुर्वी र पश्चिम भेगमा अहिले रुपान्तरणकारी बचतका कुरालाई अघिसारेको छ उनले भने समुह मार्फत यस्ता कुरा अघि बढाउने र आगामी बर्ष सन् २०१९ देखि सप्टवरमा राखेर बचत व्यवस्थित गरिने छ । जेठ ६ गते देखि सुरु भएको पाँच दिने रुपान्तरणकारी बचत समुह सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम सम्पन्न भएको छ |

Sunday, May 13, 2018

कास्डा र वर्ल्ड भिजनको नेतृत्वमा कृषि तथा आर्थिक बिकास कार्यक्रमले गर्यो उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण 

जुम्लामा  उत्पादन हुने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुने भएको छ । कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्ला र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित कृषि तथा आर्थिक बिकास कार्यक्रमले हाल जुम्ला जिल्लामा कृषि उपज उत्पादन गर्नका लागि किसानहरु लाइ सहयोग पुर्याउने र उत्पादन भएको कृषि उत्पादनलाई बजारीकरण गर्न तथा किसानको जीवन स्तरमा उकास्नुका साथै आर्थिक आम्दानीका लागि उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखला निर्धारण गर्नु आजको आबश्यकता हो ।
जुम्लामा पाईने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृखंला निर्धाणले यहाँका किसानको आर्थिक जीवन स्तर माथि उठ्ने विश्वास गरिएको छ । कृषि उत्पादनको तथ्यांक संकलन तथा मुल्य श्रृखंला निर्धारण गर्नु पर्नेमा जुम्लाका सरोकारवालाहरुले पनि  जोड दिएका छन् ।
जुम्लामा सम्पन्न मुल्य श्रृखंला विश्लेषणका उपलब्धी माथि छलफल तथा प्रमाणिकरण सम्बन्धी दुई दिने गोष्ठीमा सहभागीहरुले जोड दिएका हुन् । अर्गानिक कृषि उत्पादन जिल्लाका रुपमा परिचित जुम्ला मुल्य श्रृखंला निर्धारण नभएकै कारण किसान मर्कामा परेको पनि सहभागीको भनाई छ । यहि कुरालाई मध्यनजर गरि हाल यो कृषि तथा आर्थिक बिकास कार्यक्रमले मुल्य श्रृखंलाका बिभिन्न पाटोमा रहेका कर्ता कार्यक्रमको लक्ष्य र उपलब्धि हासिल गर्नुका साथै  किसानको उत्पादन र   आम्दानी बढाउन खोजेको छ |
मुल्य श्रृखंला निर्धारण, बजारीकरणका बारेमा जानकारी गराइएको कास्डा द्धारा संचालित कृषि आर्थिक विकास परियोजनाका कार्यक्रम संयोजक भेष बहादुर रावलले बताए । उनका अनुसार, परियोजनाले, जुम्लाका पातारासी,गुठीचौर,नगरपालिका, तातोपानी र तिला गाउँपालिका काम गरिरहेको छ ।
३ वर्षमा मुल्य श्रृखंला छनौटमा परेका १ सय ४५ समुह गठन गरी ५० प्रतिशतले उत्पादन आर्थिक आम्दानी गर्ने लक्ष्य रहेको उल्लेख गरे । गोष्ठीमा सहभागी किसान, सारादा बुढाले उच्च महोत्वका कृषि उत्पादनका मुल्य श्रृखंला गर्दा हुने फाईदा तथा बजारीकरणको विषयमा स्पष्ट भएको बताईन ।
गोष्ठीमा सिकेका कुरा व्यवहारमा लागु गर्न सके कृषिमा क्षेत्रमा फट्को मार्न सकिने उनको भनाई थियो । परियोजनाले जुम्लाको कृषि उत्पादनको बजारी उत्पादन तथा बजारीमा सहयोग गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी कृषि संग सम्बन्धीत निकायले कृषि बस्तु बजारीकरण र मुल्य श्रृखंलामा जोड दिन आबश्य रहेको बताए । भने, दुई दिने गोष्ठीको अध्यक्षता कर्णाली दिगो विकास प्रतिष्ठान काष्डाका अध्यक्ष डाक्टर कल बहादुर रोकायाले गर्नु भएको थियो ।


उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुदै










कास्डा र वर्ल्ड भिजनको नेतृत्वमा कृषि तथा आर्थिक बिकास कार्यक्रमले गर्यो उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण 






सागर परियार जुम्ला
जुम्लामा उत्पादन हुने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुने भएको छ । कृषि उत्पादनलाई बजारीकरण गर्न तथा किसानको जीवन स्तरमा उकास्नुका साथै आर्थिक आम्दानीका लागि उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखला निर्धारण गर्नु आजको आबश्यकता हो ।
जुम्लामा पाईने उच्च महोत्वका कृषि उत्पादनको मुल्य निर्धाणले यहाँका किसानको आर्थिक जीवन स्तर माथि उठ्ने विश्वास गरिएको छ । कृषि उत्पादनको तथ्यांक संकलन तथा मुल्य श्रृखंला निर्धारण गर्नु पर्नेमा जुम्लाका सरोकारवालाहरुले जोड दिएका छन् ।
जुम्लामा सम्पन्न मुल्य श्रृखंला विश्लेषणका उपलब्धी माथि छलफल तथा प्रमाणिकरण सम्बन्धी दुई दिने गोष्ठीमा सहभागीहरुले जोड दिएका हुन् । अर्गानिक कृषि उत्पादन जिल्लाका रुपमा परिचित जुम्ला मुल्य श्रृखंला निर्धारण नभएकै कारण किसान मर्कामा परेको पनि सहभागीको भनाई छ ।
दुई दिन सम्म संचालन भएको गोष्ठीमा उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखंला निर्धारण, बजारीकरणका बारेमा जानकारी गराइएको कास्डा द्धारा संचालित कृषि आर्थिक विकास परियोजनाका कार्यक्रम संयोजक भेष बहादुर रावलले बताए । उनका अनुसार, परियोजनाले, जुम्लाका पातारासी,गुठीचौर,नगरपालिका, तातोपानी र तिला गाउँपालिका काम गरिरहेको छ ।
३ वर्षमा मुल्य श्रृखंला छनौटमा परेका १ सय ४५ समुह गठन गरी ५० प्रतिशतले उत्पादन आर्थिक आम्दानी गर्ने लक्ष्य रहेको उल्लेख गरे । गोष्ठीमा सहभागी किसान, सारादा बुढाले उच्च महोत्वका कृषि उत्पादनका मुल्य श्रृखंला गर्दा हुने फाईदा तथा बजारीकरणको विषयमा स्पष्ट भएको बताईन ।
गोष्ठीमा सिकेका कुरा व्यवहारमा लागु गर्न सके कृषिमा क्षेत्रमा फट्को मार्न सकिने उनको भनाई थियो । परियोजनाले जुम्लाको कृषि उत्पादनको बजारी उत्पादन तथा बजारीमा सहयोग गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी कृषि संग सम्बन्धीत निकायले कृषि बस्तु बजारीकरण र मुल्य श्रृखंलामा जोड दिन आबश्य रहेको बताए । भने, दुई दिने गोष्ठीको अध्यक्षता कर्णाली दिगो विकास प्रतिष्ठान काष्डाका अध्यक्ष डाक्टर कल बहादुर रोकायाले गर्नु भएको थियो ।

Wednesday, February 21, 2018

Karnali Sustainable Development Academy (KASDA) Jumla is launching the Agriculture & Economic Development Project in Jumla district

Karnali Sustainable Development Academy (KASDA) Jumla is launching the Agriculture & Economic Development Project in Jumla district. Mainly Agriculture & Economic Development project is based on the Local Value chain Development (LVCD) model and Saving for Transformation (S4T) model. Through these two model, the project is covering the most vulnerable people from the communities.
        Local Value chain Development (LVCD) model covers the farmers through producers group formation. Farmers who are directly involved in production activities and whose production volume needs scale up and need support on market linkage.

Saving for Transformation (S4T) model will covers the people from rural communities who has not easier access to Micro financial Institutions (MFIs) and need supports on collecting saving from the individuals of community for mobilization in productive fields.

Friday, December 29, 2017

लिखित परिक्षाको नतिजा प्रकाशन

च.न :                                                                                                                      मिति :-२०७४|०९ |१४
                               बिषय :-  लिखित परीक्षाको नतिजा  प्रकाशन गरिएको सम्बन्धमा  |

       प्रस्तुत बिषयमा यस कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्ला र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को साझेदारीमा संचालित कृषि तथा आर्थिक बिकास  परियोजना (A&ED ) अन्तर्गत मिति २०७४/८/१२ गते बिज्ञापन गरि माग गरे बमोजिम ११ जना फिल्ड सुपरभाइजर (Field Supervisor) पदका लागि छोटो सुचिमा पर्न सफल उम्मेदवारहरुको मिति २०७४/०९/०५ गते लिइएको लिखित परिक्षामा तपसिल बमोजिमका ब्यक्तिहरु सफल हुनु भएकाले अर्को अन्तर्वार्ता परीक्षाका लागि तोकिएको समय स्थान र मितिमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ |
अन्तर्वार्ताका लागि  सफल उम्मेदवारहरु :-
S.N
Name of Candidates
Address
Remarks
1
Gajendra Bdr Rawal
Chandannath Municipality-7 Jumla

2
Parbati Rokaya
Chandannath Municipality -6 jumla

3
Hari Bdr Singh
Tila Rural Municipality-5, Jumla

4
Kalpana Thapa  Chhetri
Tila Rural Municipality-9, Jumla

5
Bharat Bdr Thapa
Guthichaur Rural Municipality-5, Jumla

6
Radhika Kathayat
Chandannath Municipality -6 jumla

7
Bimala Kafle
Pandavgupha -3 jumla

8
Devi Lal Budha
Guthichaur Rural Municipality-3, Jumla

9
Mirgandra Hamal
Chandannath Municipality - 1, Jumla

10
Bishnu Bdr Shahi
Chandannath Municipality-2, Jumla

11
Narmita Budthapa
Chandannath Municipality -2 jumla

12
Satya Singh Sarki
Chandannath Municipality , 4 jumla

13
Deepak Mahat
Chandannath Municipality-7, Jumla

14
Shiwa Bohora
Patrashi Rural Municipality-4, Jumla

15
Dharmandra Malla
Tatopani Rural Municipality – 6 , jumla

16
Kalika Rokaya
Chandannath Municipality-6, Jumla


17

Eak Raj Rokaya

Gothichaur Rural Municipility -1,

18
Rumala Kunwar
Tatopani Rural Municipality -7 Jumla

19
Ashok kunwar
Chandannath Municipality -10 Jumla

20
Lal Bdr. Yadi
Patrashi Rural Municipality – 7 , Jumla

21
Pinki Giri
Talium-3, Umgadh

22
Dhan Bdr Bista
Tatopani Rural Municipality, 6 Jumla

23
Darma Chandra Budha
Birendranagar -9 Surkhet

24
Ganga Mahat (Neupane)
Chandanath municipality -7 Jumla

25
Ramchandra sarki
Chandanath -7 jumla

                         

                              
                                                 अन्तरवार्ता हुने  स्थान :- कर्णाली दिगो बिकास प्रतिष्ठानको कार्यालय भबन
                                                    समय :- ११ बजे
    ------------------------                              मिति :- २०७४/०९/१६
 पदपूर्ति समिति

कास्डा, जुम्ला