Monday, January 6, 2020

https://www.nayapatrikadaily.com/news-details/32631/2020-01-01?fbclid=IwAR03abLjc3DqQBohF7XAdPGQgHSBwxc_a4cDRoyxUCJGh2sKYlbwholyJ5w

https://www.nayapatrikadaily.com/news-details/32631/2020-01-01?fbclid=IwAR03abLjc3DqQBohF7XAdPGQgHSBwxc_a4cDRoyxUCJGh2sKYlbwholyJ5w



२०७६ पौष १६ बुधबार १७:०६:००

सिमि बन्यो कमाइको मुख्य आधार 

तिला गाउँपालिका – ८ जुम्लाकोट गाउँ जुम्ला जिल्लाको एक विकट बस्ती हो । जहाँ अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन । स्थानीय सरकार आएपछि सडकको ट्रयाक खोलिए पनि सवारीसाधन भने सञ्चालनमा आएका छैन । दैनिक उपभोग्य बस्तुदेखि उत्पादित अन्नबाली विक्री वितरणका लागि बोकेर नै लैजानु  पर्ने बाध्यता छ । यहाँका बारी खेतियोग्य सिञ्चित जमिन नभएका कारण धान बाली भने लगाउने सकिंदैन । 
तर यहाँ नगदेबालीका रुपमा सिमि, कला, गुराउस, फापर, चिनो, कानुन, आलु खेती गरिन्छ भने फलफुलका रुपमा स्याउ ओखर खेती गरिन्छ । १ सय ७७ घरधुरी भएको जुम्लाकोट गाउँमा सवै भन्दा बढी सिमि खेती नै गर्ने गरिन्छ । सिमिबाट सहजै रुपमा आम्दानी हुने भएकोले यसको खेति गर्ने गरिएको वडाध्यक्ष सन्तवीर रावतले बताए । उनले भने ‘यस बर्ष यहाँका प्रत्येक घरधुरीले २÷३ क्वीन्टल सिमि विक्री गरी तीन लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । यस गाउँबाट जम्मा २ सय क्वीन्टल सिमि विक्री गरी २२ लाख आम्दानी भएको जनाएको छ । 
वडाध्यक्ष रावतका अनुसार समूहमा गरिएको सिमि खेति निकै प्रभावकारी भएको छ । उनले सिमि प्रशोधन, ग्रेडिङ र प्याकेजिङका क्रियाकलापमा जोड दिनु पर्ने बताए । उनका अनुसार सिमि यहाँको प्रमुख आम्दानीको स्रोतका रुपमा रहेको छ ।
स्थानीय सरीता बस्नेतले सिमि उत्पादन राम्रो भएको र यसको विक्रीबाट आउको पैसाबाट घर खर्च चलाएको बताईन । यस अघि सिमि विक्रीका लागि पैदल चार घण्टा धाउनु पर्ने भएता पनि यस वर्ष व्यापारी गाउँमै आएर सिमि खरिद गरेको उनले बताईन । 
कर्णाली दिगो विकास प्रतिष्ठान(काष्डा) जुम्लाले गाउँमा सिमि उत्पादन समुह बनाएर सिमि उत्पादनमा उत्प्रेरित गरेको थियो । यहाँका स्थानीयले पहिला सिमि लगाउने गरेता पनि उत्पादित सिमि स्थानीयस्तरमा मात्र खपत हुँदै आएको थियो । अहिले भने गाउँलेको आम्दानीको मुख्य स्रोत बनेको छ । गाउँ मै एक सय १० रुपैयाँ प्रतिकेजीमा सिमि किनबेच भइरहेको छ ।  
सिमि ब्यापारी जयलाल रावतले गाउँभरिको सिमि एकै ठाउँमा जम्मा पारेर खरिद गर्ने गरेको बताए । अहिले किसानले सिमि  ग्र्रेिडङ भएर आउने गरेको छ । यसले निकै सजिलो हुने गरेको उनले बताए । 

  • यस गाउँका प्रत्येक घरमा सिमि लगाउने गरिएको छ । कर्णाली दिगो विकास प्रतिष्ठान(काष्डा) ले सिमि लगाउने तरिका, अनुदान सामाग्री प्रदान गरेको बजार संयोजक  श्रीराम थापा बताए । उनले सिमि समुहमा महिला मात्र आवद्ध रहेको जानकारी पनि दिए । 

No comments:

Post a Comment