Sunday, September 9, 2018

http://www.nayapatrikadaily.com/2018/09/07/91764/ ( New published by Nayapatrika.com




जुम्लामा किसानलाई अनुदानमा कृषि औजार






मानदत्त रावल
जुम्ला | 
 Share
 Tweet
 Share



तिला गाउँपालिकाको किसानलाई कृषि औजार अनुदानमा वितरण गरिएको छ ।  गैरसरकारी संस्था कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) गाउँपालिकाको६, ७, ८ र ९ वडाका तीन सय १४ जना कृषकहरुलाई ३० लाख बराबरको औजार वितरण गरेको हो ।
गाउँपालिकाको कृषि सम्भवनालाई अवसरमा बदल्नका लागि यहाँको स्थानीय सरकारले विशेष योजना अघि सारेको गाउँपालिका प्रमुख रतननाथ योगीले बताए । किसानलाई कृषि औजार वितरण गर्दै उनले भने, ‘कास्डाले पुलको भुमिका खेलेको छ ।’ कृषि उत्पादन बृद्धि देखि बजारीरकणसम्म स्थानीय सरकारको सहयोग तथा भुमिका रहने उनको भनाई छ ।
‘स्याउ, सिमि र आलु उत्पादन बृद्धिका लागि, आरी, पानी जम्मा गर्न तथा जैविक विषाधि बनाउने ड्म, स्प्रे, चना काट्ने मेसिन, डिजिटल तराजु, पाईप, सिग्नेचर, पाल, आरा, लगायत विभिन्न १० देखि १५ प्रकारका कृषि औजार अनुदानमा वितरण गरिएको हो कार्यक्रम संयोजक भेषबहादुर रावलले बताए ।