Sunday, May 13, 2018

उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुदै










कास्डा र वर्ल्ड भिजनको नेतृत्वमा कृषि तथा आर्थिक बिकास कार्यक्रमले गर्यो उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण 






सागर परियार जुम्ला
जुम्लामा उत्पादन हुने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुने भएको छ । कृषि उत्पादनलाई बजारीकरण गर्न तथा किसानको जीवन स्तरमा उकास्नुका साथै आर्थिक आम्दानीका लागि उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखला निर्धारण गर्नु आजको आबश्यकता हो ।
जुम्लामा पाईने उच्च महोत्वका कृषि उत्पादनको मुल्य निर्धाणले यहाँका किसानको आर्थिक जीवन स्तर माथि उठ्ने विश्वास गरिएको छ । कृषि उत्पादनको तथ्यांक संकलन तथा मुल्य श्रृखंला निर्धारण गर्नु पर्नेमा जुम्लाका सरोकारवालाहरुले जोड दिएका छन् ।
जुम्लामा सम्पन्न मुल्य श्रृखंला विश्लेषणका उपलब्धी माथि छलफल तथा प्रमाणिकरण सम्बन्धी दुई दिने गोष्ठीमा सहभागीहरुले जोड दिएका हुन् । अर्गानिक कृषि उत्पादन जिल्लाका रुपमा परिचित जुम्ला मुल्य श्रृखंला निर्धारण नभएकै कारण किसान मर्कामा परेको पनि सहभागीको भनाई छ ।
दुई दिन सम्म संचालन भएको गोष्ठीमा उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखंला निर्धारण, बजारीकरणका बारेमा जानकारी गराइएको कास्डा द्धारा संचालित कृषि आर्थिक विकास परियोजनाका कार्यक्रम संयोजक भेष बहादुर रावलले बताए । उनका अनुसार, परियोजनाले, जुम्लाका पातारासी,गुठीचौर,नगरपालिका, तातोपानी र तिला गाउँपालिका काम गरिरहेको छ ।
३ वर्षमा मुल्य श्रृखंला छनौटमा परेका १ सय ४५ समुह गठन गरी ५० प्रतिशतले उत्पादन आर्थिक आम्दानी गर्ने लक्ष्य रहेको उल्लेख गरे । गोष्ठीमा सहभागी किसान, सारादा बुढाले उच्च महोत्वका कृषि उत्पादनका मुल्य श्रृखंला गर्दा हुने फाईदा तथा बजारीकरणको विषयमा स्पष्ट भएको बताईन ।
गोष्ठीमा सिकेका कुरा व्यवहारमा लागु गर्न सके कृषिमा क्षेत्रमा फट्को मार्न सकिने उनको भनाई थियो । परियोजनाले जुम्लाको कृषि उत्पादनको बजारी उत्पादन तथा बजारीमा सहयोग गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी कृषि संग सम्बन्धीत निकायले कृषि बस्तु बजारीकरण र मुल्य श्रृखंलामा जोड दिन आबश्य रहेको बताए । भने, दुई दिने गोष्ठीको अध्यक्षता कर्णाली दिगो विकास प्रतिष्ठान काष्डाका अध्यक्ष डाक्टर कल बहादुर रोकायाले गर्नु भएको थियो ।

No comments:

Post a Comment