Saturday, May 26, 2018

र्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्ला अब रुपान्तरणकारी बचतको पाइला चाल्दै



कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले  अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ |

१० जेष्ठ २०७५, बिहीबार १३:२१
जुम्ला ः एक प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी सहजकर्ताहरुले रुपान्तरणकारी बचत अहिलेको आवश्यकता भएको औल्याएका छन् । अहिलेको बर्तामान समयमा थुरै समुह सहकारीले आफ्ना कार्यक्रमहरु बचतबाटै सुरु गर्ने गरेका छन् तर तिनै बचत कार्यक्रमहरु व्यवस्थित नभएको सहजकर्ता अर्थात सहभागी कृष्ण न्यौपाने बताए । उनले भने यस रुपान्तरणकारी बचत प्रशिक्षक प्रशिक्षण कार्यक्रम नयाँ आयाम थपेको छ अझै बचतका विषयमा थप प्रष्ट भएको छ ।
त्यसैगरी सहजकर्ता राजपुरा नेपालीले बचत हरेक व्यक्तिको सारथी भएको बताईन् । उनले हरेक व्यक्तिले बचत के हो र बुझ्नुका साथै सवैले बचत गर्न आवश्यक रहेको छ । रुपान्तरणकारी बचत अहिले एक प्रष्कृतका रुपमा बुझिएको छ यसलाई हरेक व्यक्ति समुह माझ लैजान आवश्यक रहेको छ ।
रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम समापनका सभाध्यक्ष तथा कर्णाली दिगो विकास प्रतिष्ठान(कास्डा) जुम्लाका अध्यक्ष डा.कलबहादुर रोकायले रुपान्तकारी बचत पहिले हुदै आएका जो गर्दै आएका बचत भन्दा फरक रहेको बताए । उनले भने यसलाई सवैले बुझ्न र सोही अनुसार कार्यन्वयनमा ल्याउने आवश्यक रहेको छ । यस प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी सहजकर्ताहरुले धेरै कुरा बुझ्नु भएको होला सवैलाई आआफ्नो क्षेत्रमा कार्यन्वयनमा ल्याउनु पर्दछ ।
वल्र्डभिजन इन्टरनेशनल नेपालका कृषि तथा आर्थिक विशेषज्ञ कृष्ण तिरवारीले विगत लामो समय देखि जुम्लामा काम गर्दै आईरहेको बताए । उनले भने यहाँका समुदाय अर्थात समाजको जिवनस्तर सुधारका लागि काम गर्दै आईरहेको छ । जुम्लाका पुर्वी र पश्चिम भेगमा अहिले रुपान्तरणकारी बचतका कुरालाई अघिसारेको छ उनले भने समुह मार्फत यस्ता कुरा अघि बढाउने र आगामी बर्ष सन् २०१९ देखि सप्टवरमा राखेर बचत व्यवस्थित गरिने छ । जेठ ६ गते देखि सुरु भएको पाँच दिने रुपान्तरणकारी बचत समुह सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम सम्पन्न भएको छ |

Sunday, May 13, 2018

कास्डा र वर्ल्ड भिजनको नेतृत्वमा कृषि तथा आर्थिक बिकास कार्यक्रमले गर्यो उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण 

जुम्लामा  उत्पादन हुने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुने भएको छ । कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्ला र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित कृषि तथा आर्थिक बिकास कार्यक्रमले हाल जुम्ला जिल्लामा कृषि उपज उत्पादन गर्नका लागि किसानहरु लाइ सहयोग पुर्याउने र उत्पादन भएको कृषि उत्पादनलाई बजारीकरण गर्न तथा किसानको जीवन स्तरमा उकास्नुका साथै आर्थिक आम्दानीका लागि उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखला निर्धारण गर्नु आजको आबश्यकता हो ।
जुम्लामा पाईने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृखंला निर्धाणले यहाँका किसानको आर्थिक जीवन स्तर माथि उठ्ने विश्वास गरिएको छ । कृषि उत्पादनको तथ्यांक संकलन तथा मुल्य श्रृखंला निर्धारण गर्नु पर्नेमा जुम्लाका सरोकारवालाहरुले पनि  जोड दिएका छन् ।
जुम्लामा सम्पन्न मुल्य श्रृखंला विश्लेषणका उपलब्धी माथि छलफल तथा प्रमाणिकरण सम्बन्धी दुई दिने गोष्ठीमा सहभागीहरुले जोड दिएका हुन् । अर्गानिक कृषि उत्पादन जिल्लाका रुपमा परिचित जुम्ला मुल्य श्रृखंला निर्धारण नभएकै कारण किसान मर्कामा परेको पनि सहभागीको भनाई छ । यहि कुरालाई मध्यनजर गरि हाल यो कृषि तथा आर्थिक बिकास कार्यक्रमले मुल्य श्रृखंलाका बिभिन्न पाटोमा रहेका कर्ता कार्यक्रमको लक्ष्य र उपलब्धि हासिल गर्नुका साथै  किसानको उत्पादन र   आम्दानी बढाउन खोजेको छ |
मुल्य श्रृखंला निर्धारण, बजारीकरणका बारेमा जानकारी गराइएको कास्डा द्धारा संचालित कृषि आर्थिक विकास परियोजनाका कार्यक्रम संयोजक भेष बहादुर रावलले बताए । उनका अनुसार, परियोजनाले, जुम्लाका पातारासी,गुठीचौर,नगरपालिका, तातोपानी र तिला गाउँपालिका काम गरिरहेको छ ।
३ वर्षमा मुल्य श्रृखंला छनौटमा परेका १ सय ४५ समुह गठन गरी ५० प्रतिशतले उत्पादन आर्थिक आम्दानी गर्ने लक्ष्य रहेको उल्लेख गरे । गोष्ठीमा सहभागी किसान, सारादा बुढाले उच्च महोत्वका कृषि उत्पादनका मुल्य श्रृखंला गर्दा हुने फाईदा तथा बजारीकरणको विषयमा स्पष्ट भएको बताईन ।
गोष्ठीमा सिकेका कुरा व्यवहारमा लागु गर्न सके कृषिमा क्षेत्रमा फट्को मार्न सकिने उनको भनाई थियो । परियोजनाले जुम्लाको कृषि उत्पादनको बजारी उत्पादन तथा बजारीमा सहयोग गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी कृषि संग सम्बन्धीत निकायले कृषि बस्तु बजारीकरण र मुल्य श्रृखंलामा जोड दिन आबश्य रहेको बताए । भने, दुई दिने गोष्ठीको अध्यक्षता कर्णाली दिगो विकास प्रतिष्ठान काष्डाका अध्यक्ष डाक्टर कल बहादुर रोकायाले गर्नु भएको थियो ।


उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुदै










कास्डा र वर्ल्ड भिजनको नेतृत्वमा कृषि तथा आर्थिक बिकास कार्यक्रमले गर्यो उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण 






सागर परियार जुम्ला
जुम्लामा उत्पादन हुने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुने भएको छ । कृषि उत्पादनलाई बजारीकरण गर्न तथा किसानको जीवन स्तरमा उकास्नुका साथै आर्थिक आम्दानीका लागि उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखला निर्धारण गर्नु आजको आबश्यकता हो ।
जुम्लामा पाईने उच्च महोत्वका कृषि उत्पादनको मुल्य निर्धाणले यहाँका किसानको आर्थिक जीवन स्तर माथि उठ्ने विश्वास गरिएको छ । कृषि उत्पादनको तथ्यांक संकलन तथा मुल्य श्रृखंला निर्धारण गर्नु पर्नेमा जुम्लाका सरोकारवालाहरुले जोड दिएका छन् ।
जुम्लामा सम्पन्न मुल्य श्रृखंला विश्लेषणका उपलब्धी माथि छलफल तथा प्रमाणिकरण सम्बन्धी दुई दिने गोष्ठीमा सहभागीहरुले जोड दिएका हुन् । अर्गानिक कृषि उत्पादन जिल्लाका रुपमा परिचित जुम्ला मुल्य श्रृखंला निर्धारण नभएकै कारण किसान मर्कामा परेको पनि सहभागीको भनाई छ ।
दुई दिन सम्म संचालन भएको गोष्ठीमा उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखंला निर्धारण, बजारीकरणका बारेमा जानकारी गराइएको कास्डा द्धारा संचालित कृषि आर्थिक विकास परियोजनाका कार्यक्रम संयोजक भेष बहादुर रावलले बताए । उनका अनुसार, परियोजनाले, जुम्लाका पातारासी,गुठीचौर,नगरपालिका, तातोपानी र तिला गाउँपालिका काम गरिरहेको छ ।
३ वर्षमा मुल्य श्रृखंला छनौटमा परेका १ सय ४५ समुह गठन गरी ५० प्रतिशतले उत्पादन आर्थिक आम्दानी गर्ने लक्ष्य रहेको उल्लेख गरे । गोष्ठीमा सहभागी किसान, सारादा बुढाले उच्च महोत्वका कृषि उत्पादनका मुल्य श्रृखंला गर्दा हुने फाईदा तथा बजारीकरणको विषयमा स्पष्ट भएको बताईन ।
गोष्ठीमा सिकेका कुरा व्यवहारमा लागु गर्न सके कृषिमा क्षेत्रमा फट्को मार्न सकिने उनको भनाई थियो । परियोजनाले जुम्लाको कृषि उत्पादनको बजारी उत्पादन तथा बजारीमा सहयोग गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी कृषि संग सम्बन्धीत निकायले कृषि बस्तु बजारीकरण र मुल्य श्रृखंलामा जोड दिन आबश्य रहेको बताए । भने, दुई दिने गोष्ठीको अध्यक्षता कर्णाली दिगो विकास प्रतिष्ठान काष्डाका अध्यक्ष डाक्टर कल बहादुर रोकायाले गर्नु भएको थियो ।