Tuesday, December 18, 2018

कृषि तथा आर्थिक बिकास परियोजना ले बढायो आम्दानि र उत्पादन

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्ला ले वर्ल्ड भिजन इन्टर्नेशनल संगको साझेदारीमा कृषि तथा आर्थिक बिकास परियोजना ले बढायो आम्दानि र उत्पादनले जुम्ला का किसानको आम्दानीमा बृद्दी गरि जिबन शैली नै परिवर्तन गरेको छ। हिउदको जाडो महिनामा सल्लाको पात बाहेक कुनै पनि हरियो बस्तु नदेखिने ठाउमा ग्रीनहाउसमा तरकारी र साग उतपादन गर्नका लागि कार्यक्रमले  सामग्री सहयोगका साथै तालिम प्रदान गर्ने अनि अन्य प्राबिधिक सहयोग र सहजीकरण गर्ने गरेको छ।   कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्ला ले वर्ल्ड भिजन इन्टर्नेशनल को यो परियोजना समुदाय र यहाका उत्पादकका लागि ढुकढुकी नै बन्न सफल भएको छ। परियोजनाको मुक्त कण्ठले प्रसंसा  हुन थालेको छ। बिशेष गरि जुम्लाको साबिकको पट्मारा गाबिसको घोडासिनमा यसको राम्रो उपलब्धि देखन पाइन्छ  ।अहिले महिनामा कम्तिमा पनि ५००० जति आम्दानि साग बेचेर मात्र हुने  यहाकी अगुवा उत्पादक चुक्की महतारा ले  भयो ।  अझै यो कार्यक्रमले  आम्दानी तथा उत्पादन र गुणस्तर बृद्दीका लागि गर्ने बिस्वासका साथ् यहाका महिलाहरू उत्साहित रहेकको उहाले बताउनु भयो ।