जुम्लामा उत्पादन हुने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृंखला निर्धारण हुने भएको छ । कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्ला र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित कृषि तथा आर्थिक बिकास कार्यक्रमले हाल जुम्ला जिल्लामा कृषि उपज उत्पादन गर्नका लागि किसानहरु लाइ सहयोग पुर्याउने र उत्पादन भएको कृषि उत्पादनलाई बजारीकरण गर्न तथा किसानको जीवन स्तरमा उकास्नुका साथै आर्थिक आम्दानीका लागि उच्च महोत्वका कृषि उत्पादनको मुल्य श्रृखला निर्धारण गर्नु आजको आबश्यकता हो ।
जुम्लामा पाईने उच्च महत्वका कृषि उत्पादनको मुल्य श्रृखंला निर्धाणले यहाँका किसानको आर्थिक जीवन स्तर माथि उठ्ने विश्वास गरिएको छ । कृषि उत्पादनको तथ्यांक संकलन तथा मुल्य श्रृखंला निर्धारण गर्नु पर्नेमा जुम्लाका सरोकारवालाहरुले पनि जोड दिएका छन् ।
जुम्लामा सम्पन्न मुल्य श्रृखंला विश्लेषणका उपलब्धी माथि छलफल तथा प्रमाणिकरण सम्बन्धी दुई दिने गोष्ठीमा सहभागीहरुले जोड दिएका हुन् । अर्गानिक कृषि उत्पादन जिल्लाका रुपमा परिचित जुम्ला मुल्य श्रृखंला निर्धारण नभएकै कारण किसान मर्कामा परेको पनि सहभागीको भनाई छ । यहि कुरालाई मध्यनजर गरि हाल यो कृषि तथा आर्थिक बिकास कार्यक्रमले मुल्य श्रृखंलाका बिभिन्न पाटोमा रहेका कर्ता कार्यक्रमको लक्ष्य र उपलब्धि हासिल गर्नुका साथै किसानको उत्पादन र आम्दानी बढाउन खोजेको छ |
मुल्य श्रृखंला निर्धारण, बजारीकरणका बारेमा जानकारी गराइएको कास्डा द्धारा संचालित कृषि आर्थिक विकास परियोजनाका कार्यक्रम संयोजक भेष बहादुर रावलले बताए । उनका अनुसार, परियोजनाले, जुम्लाका पातारासी,गुठीचौर,नगरपालिका, तातोपानी र तिला गाउँपालिका काम गरिरहेको छ ।
३ वर्षमा मुल्य श्रृखंला छनौटमा परेका १ सय ४५ समुह गठन गरी ५० प्रतिशतले उत्पादन आर्थिक आम्दानी गर्ने लक्ष्य रहेको उल्लेख गरे । गोष्ठीमा सहभागी किसान, सारादा बुढाले उच्च महोत्वका कृषि उत्पादनका मुल्य श्रृखंला गर्दा हुने फाईदा तथा बजारीकरणको विषयमा स्पष्ट भएको बताईन ।
गोष्ठीमा सिकेका कुरा व्यवहारमा लागु गर्न सके कृषिमा क्षेत्रमा फट्को मार्न सकिने उनको भनाई थियो । परियोजनाले जुम्लाको कृषि उत्पादनको बजारी उत्पादन तथा बजारीमा सहयोग गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सहभागी कृषि संग सम्बन्धीत निकायले कृषि बस्तु बजारीकरण र मुल्य श्रृखंलामा जोड दिन आबश्य रहेको बताए । भने, दुई दिने गोष्ठीको अध्यक्षता कर्णाली दिगो विकास प्रतिष्ठान काष्डाका अध्यक्ष डाक्टर कल बहादुर रोकायाले गर्नु भएको थियो ।
|
No comments:
Post a Comment