Saturday, July 6, 2019

५ दिने चिप्स बनाउने तालिम सम्पन्न

५ दिने चिप्स बनाउने तालिम सम्पन्न



गोल्डेन बुढा असार १५ तिला गाउँपालिकाको रारालिहीमा ५ दिने आलु चिप्स बनाउने तालिम सम्पन भएको छ । कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा) जुम्लाको आयोजना र वल्र्ड भिजन ईन्टरनेशनल नेपाल जुम्लाको आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो ।
बिकासको हिसाबमा जिल्लाको विकट गाउँपालिका मानीदै आएको तिला गाउँपालिकाका स्थानीयहरुलाइ नयाँ कामको थालनिले गाउँमा स्वरोजगार र यसले आर्थिक रुपमा अगाडी बढ्ने कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा) जुम्लाका अध्यक्ष डाक्टर कलवहादुर रोकायाले बताउनु भयो ।
तिला गाउँपालीका अन्र्तगत पर्ने सवै वडाका युवा हरु लाई रोजगार दिनका लागि र आलुको पकेट छेत्रको आलु लाई सदउपयो गर्न तालिमको आयोजना गरेको अध्यक्ष डाक्टर कलवहादुर रोकायाले जानकारी दिनु भयो ।
त्यहाँको आलु हरेक बर्ष त्यत्तीकै खेर जान थालेपछी त्यहाका स्थानियलाई आलु चिप्स उत्पादन सिपमुलक तालिमको आयोजना गरिएको कृषी तथा आर्थिक विकास परियोजना बजार संयोजक श्रीराम थापाले बताउनु भयो । धेरै आलु उत्पादन हुन्छन् तर बजारीकरणको कमिले गर्दा आलुको सदुपयोग भएको थिएन ।
आलु लाई सदुपयोग गर्ना का साथै त्यहा का युवा हरु लाई रोजगारि दिन को लागि आलु चिप्स तालिम दिए को र युवा हरु बिदेश जानू भन्दा स्वदेशमा नै रोजगारि दिने हिसाबले यो तालीम को आयोजना गरेको बजार संयोजक श्रीराम थापाले जानकारी दिनु भएको छ । अहिले तिला गाउँपालिकामा सुरुवात गरेर बिस्तारै अन्य पालिकाका सबै वडा सुरुवात गर्ने योजना अध्यक्ष रोकायाले बताएका छन ।
अब क्रमिक रुपमा स्थानिय उत्पादनलाई बढावा दिई जनतालाई आत्मनिर्भर बनाउने र हामी सग भएको स्थानिय उत्पादनलाई नै सदुपयोग गर्ने तरिका थाहा छैन अब बिस्तारै काष्डाले सबैलाई ब्यवसायिक बनाउने गरि तालिम र साधान उपलब्धका कार्यक्रममा सहयोग गर्दे लैजाने कुरामा लाग्ने अध्यक्ष रोकायाको भनाई रहेको छ ।
स्थानीयहरुलाइ आत्मनिर्भर बनाउँ भन्ने मुल उदेश्यका साथ सबै लाग्नुपर्ने अध्यक्ष रोकायाले बताएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले सीपमुलक तालिमका लागि सधैं सहयोग गर्न तत्पर रहेको बताउनु भयो । उहाँले अब तालिम लिएर मात्र होइन आफ्नो सीपलाई कार्यान्वयन गरि आत्मनिर्भर हुन आग्रह गरेका छन ।
चिप्स बनाउने मेसिन खरिद गरेर दिएको अरु सामाग्री र प्रमाण पत्र व्यवसाय शूरु गरे पछी मात्र उपलब्ध गराइने प्रतिवद्धता समेत गरेका थिए । तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको थियो । तिला गाउँपालिकाका कृषि शाखाका ओम जिसीले तालिमलाई प्रशिक्षण दिनु भएको थियो ।
उहाँले तालिम पश्चात जति आफुले गर्न सक्यो त्यति नै बढी सिक्दै जाने बताउनु भयो । तालिम लिनु मात्र ठुलो होईन काम गरेर आयआर्जन गर्न थाल्नुस त्यो ठुलो हो भन्दै प्रशिक्षक जिसीले आफुले तायार पारेरको चिप्स खाद्य परिक्षण गरेर मात्र विक्री गर्न आग्रह गरेका छन । तालिम लिई सकेपछि धेरै कुरा थाहा पाएको सहभागि सपना बुढाले बताउनु भयो ।
उहाँले चिप्सको काम गरे घरखर्च चलाउन राम्रो संग सकिने जानकारी दिनु भयो । अर्का सहभागी वेलबवहादुर रावतले पनी आलु चिप्स बाट रोजागार बन्न सकिने जानकारी दिनु भयो । अति जोखिममा परेकाहरुलाइ आलु चिप्स सम्बन्धि तालिम असार १० गते बाट सुरु भएको तालिम आज सम्पन्न भएको हो । साथै तिला गाउँपालिकाको रारालिहीमा १ महिने होजियारी तालिम पनी प्रदान गरिएको छ । सो तालिमको समापन शाउन १० गते हुने बताइएको छ ।

No comments:

Post a Comment