कर्णाली दिगो बिकाश प्रतिस्ठान जुम्ला
रास्ट्रको श्रोत मा समान पहुच, सामाजिक न्याय र बिकसको प्रतिफल प्रत्येक नागरिकले न्यायोचित ढंगले उपभोग गर्न पाउनको लागि देशमा सन्तुलित बिकाश हुन नितान्त जरुरि देखिन्छ। क्षेत्रगत बिकाशको असन्तुलन लाई कम गर्ने कुरामा सैदान्तिक तहमा राष्ट्रिय सहमति कायम भै सकेता पनि व्यवहार मा दुर्गम र सुगम क्षेत्र बिचको अन्तर कम गर्ने क्रम पनि तिब्र रुपमा अगि बढेको छ।
यसै परिप्रेक्ष्य मा कर्णाली अञ्चल लगायत अन्य अति र जहाँ आर्थिक र सामाजिक रुप् बाट पिछडीयका क्षेत्रहरु लाइ सन्तुलित एबम दिगो बिकाश गरि सामाजिक न्याय र बिकाशको प्रतिफल उक्त क्षेत्रमा पुर्याउनु पर्ने आबश्यकता देखिन्छ। तयेसैले उक्त क्षेत्रहरु मा बसोबास गर्ने नागरिक हरुलाई उपभोग गर्न योग्य एबम सक्षम बनाउन, जिबन मा गुणात्मक परिबर्तन ल्याउनका लागि आबश्यक सोध खोज र उपयुक्त प्रबिधि एबम ब्यबस्थापनको निस्कर्ष निकाली सम्बन्धित निकाय समक्ष्य सल्लाह, सुझाब एबम कार्यन्वयन गर्नको लागि संगठित प्रयत्न बान्छनीय भयकोले नै यो कर्णाली दिगो बिकाश प्रतिस्ठान जुम्ला को स्थापाना गरियको हो।हाल आयर कर्णाली दिगो बिकाश प्रतिस्ठान जुम्लाले कर्णाली अञ्चलका विभिन्न जिल्लाहरु मा आफ्ना कार्यक्रम हरु संचालन गरिरहेको छ भने जुम्ला जिल्लाका ३० वोटा गाबिस हरुमा पनि विभिन्न कार्यक्रम संचालन गरि समुदायमा ब्याप्त रहेको गरिबी, पछायौटेपन लाई नियूनिकरण गर्न लागि रहेको छ।
No comments:
Post a Comment